सुन तोलामा पाँच सय रूपैयाँ घट्याे

Share Icon

१३कात्तिक,काठमाडाैँ।  स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले घटेको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार थियो।

त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० तोकिएको छ।

आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको थियो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० तोकिएको छ। आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.