अर्थ

वेयरहाउजिङको आईपीओ सर्वसाधारणलाई खुल्यो, कस्तो छ कम्पनी ?

वेयरहाउजिङको आईपीओ सर्वसाधारणलाई खुल्यो, कस्तो छ कम्पनी ?

१० मंसिर, काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख…
Read More
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

८ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो । कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो । अंकित मूल्य…
Read More
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

  ६ मङ्सिर, दोलखा। दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो । सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३…
Read More
बुक बिल्डिङबाट पहिलो पटक सर्वोत्तमको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

बुक बिल्डिङबाट पहिलो पटक सर्वोत्तमको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

६ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ । आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ । कम्पनीको…
Read More
मंसिर ८ देखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने, कस्तो छ कम्पनी ?

मंसिर ८ देखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने, कस्तो छ कम्पनी ?

५ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो । कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन…
Read More
सुनको मूल्य बढ्यो, चाँदीको कति?

सुनको मूल्य बढ्यो, चाँदीको कति?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।  आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो। आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा काराेबार भएकाे  थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ। त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Read More
होलसेलमा सस्तियो, तर बजारमा महँगी बढेको बढ्यै

होलसेलमा सस्तियो, तर बजारमा महँगी बढेको बढ्यै

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनामा होलसेल बजारको महँगी घटेको तर उपभोक्ताको भान्सामा भने महँगी बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनाको तथ्यांकअनुसार समग्र मुद्रास्फीतिमा गत वर्षको समीक्षा अवधिको तुलनामा सुधार भए पनि खाद्य र पेय पदार्थको महँगी भने झनै बढेको पाइएको हो । बजार नियमन नहुँदा थानेकमा ११ प्रतिशतले घटेको महँगी उपभोक्तामा भने पास हुन नसकेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार २०८० असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो । समग्र उपभोक्ता मुद्रास्फीति १ प्रतिशतले…
Read More
विदेश जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो ३३ अर्ब

विदेश जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो ३३ अर्ब

२४ कात्तिक, काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३…
Read More
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

२४ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली…
Read More
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२२ कात्तिक, काठमाडाैँ। नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ। सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला पाँच सय रूपैयाँ, मंगलबार प्रतितोला चार सय रूपैयाँ, बुधबार प्रतितोला तीन सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रूपैयाँमा…
Read More
Page 2 of 23
1 2 3 4 23
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.