अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कस्तो छ कम्पनी ?
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको संकेत गर्दछ ।
कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।
कृषि सम्बन्धी उपकरण आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ ।
आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने १० करोड नोक्सानीमा गएको थियो ।
अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ७२ लाख नाफा कमाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ ।
मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल छन् ।
त्यस्तै अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहनकुमार बस्नेत, गोविन्दबहादुर राउत छन् ।