Share Icon

१२ असाेज, काठमाडाैं ।अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताउनुभएकाे छ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताउनुभएकाे हाे।

समितिको बैठकले दिएका निर्देशन सरकारले कार्यान्वयन नगर्दा बैठक भक्ता मात्रै लिएको नकारात्मक सन्देश गएको उहाँको भनाइ छ । समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे।

आजसम्म गरेका समितिका निर्णयहरू ८० प्रतिशत कार्यान्वयन भएका रहने छन् । ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गएकाे उहाँकाे भनाइ छ । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक नबस्ने पनि उहाँकाे चेतावनी छ।

भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बौंको सामान थन्किएर बसेको उहाँको भनाइ थियाे ।

 

Facebook Comments Box

Share Icon