Share Icon

१२ असाेज,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरु गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

अध्यक्ष यादव यहि असोज २३ गते नेपाल फर्किने कार्यक्रम रहेकाे छ ।

Facebook Comments Box

Share Icon