Share Icon

१२ असाेज, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा कोशी प्रदेशमा एमालेविरुद्ध षडयन्त्र भएको बताउनुभएकाे छ ।

शुक्रबार एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन समाराेहमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  महासचिव पोखरेलले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताउनुभएकाे छ ।

कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको दावी गर्दै पोखरेलले पहिचानको नाममा एमालेविरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न  समेत आग्रह गर्नुभएकाे छ ।

‘अतिवाद निम्त्याएर एमालेलाई पहिचानविरोधी पार्टीको रूपमा स्थापित गर्न खोजिएको र एमाले सबै जात जाति र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी भएकाे उहाँकाे तर्क छ ।

Facebook Comments Box

Share Icon