Share Icon

१२ असाेज, काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

नियन्त्रणमा लिएर कारबाही गर्न समितिले निर्देशन गर्छ, पहल स्वास्थ मन्त्रालयले गर्छ, माइतीघरमा होइन, अस्पतालमा फर्कन आह्वान गर्नुपर्छ, समिति सभापति भानुभक्त जोशीले बताउनुभयाे ।

वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ । भयरहित र हिंसारहित वातावरणमा काम गर्ने वातावरण बनाउन स्वास्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

Facebook Comments Box

Share Icon