स्वास्थ्य

कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विपन्न नागरिक औषधि निर्देशिका, २०८० स्वीकृत गरिएसँगै विराटनगरसहित कोशी प्रदेशका छ अस्पतालमा बिरामीले उपचार सेवा लिन सक्ने भएका हुन् । चालु आर्थिक बर्षको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि बनाउने उल्लेख थियो । स्वास्थ्यको सामाजिक सुरक्षाका कार्यक्रमलाई सुनिश्चित गर्न स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयले मंसिर ६…
Read More
कोलोरेक्टल क्यान्सरको कारण र उपचार

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

१४ मंसिर, काठमाडाैँ ।  नेपालमा ठूलो आन्द्राको क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सरको समस्या सामान्य भइसकेको भए पनि नेपालमा यसबारे जनचेतनाको अभाव र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो समस्याको रुपमा देखा परेको छ । यस विषयमा ध्यान दिन नसकेका कारण यसले भयावह रुप लिंदै गएको छ । त्यसैले ठूलो आन्द्राको क्यान्सर कसरी लाग्छ, के कारणले लाग्छ ? परीक्षण कसरी गराउने ? उपचार के छ ? भन्ने जान्न जरुरी छ । ठूलो आन्द्रा (कोलोन) ६ फिट लामो नली जस्तो मांसपेशी हो । यसले सानो आन्द्रालाई मलाशयसँग जोड्छ । त्यति मात्र नभई खानाबाट प्रोटिन…
Read More
बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

१३ मंसिर, बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । बस्याल खतरामुक्त छन् । सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ । भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका छन् । त्यति ठूलो…
Read More
बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट

१२ मंसिर, काठमाडौं । बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो । अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो । नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया…
Read More
वीरमा ‘एक्स–रे फिल्म’ नहुँदा एक हप्तादेखि सिटीस्क्यान ठप्प

वीरमा ‘एक्स–रे फिल्म’ नहुँदा एक हप्तादेखि सिटीस्क्यान ठप्प

१ मंसिर, काठमाडौं । मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ । अस्पताल प्रशासनका अनुसार सप्लायर्सले ‘एक्स–रे फिल्म’ उपलब्ध नगराउँदा एक हप्तादेखि सिटीस्क्यान सेवा ठप्प भएको हो । सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ । तर, अस्पतालसँग ‘एक्स–रे फिल्म’ स्टकमा समेत छैन। सिटीस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी फर्कन बाध्य छन् । लगातार टाउको दुख्ने समस्याबाट ग्रसित भएकी सिन्धुपाल्चोककी रमिला थापा पनि सिटीस्क्यान सेवा नहुँदा फर्किन बाध्य भइन् । ‘चिकित्सकले सिटीस्क्यान गरेर हेरौं भन्नुभयो । तर, वीरमा एक हप्तादेखि नै सेवा रहेनछ’ उनले गुनासो गरिन्, ‘सरकारी अस्पतालमा मेसिन…
Read More
डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

१ मङ्सिर,काठमाडौँ। डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्नुभएको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी (इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका) परीक्षण गरिएको थियो । त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।…
Read More
कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

१५ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ । मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताउनुभयो ।
Read More
बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

३ कात्तिक, म्याग्दी । बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ जे आउनुुभएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्कनुुभयो । “दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उहाँले भन्नुुभयो, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।” बेनीमा व्यवसाय गर्दै आउनुुभएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग पर्नुुभयो । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुु परेन”, उहाँले भन्नुुभयो, “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नुु पनि…
Read More
मणिपाल अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

मणिपाल अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

१३ असाेज,काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन् । अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए । उक्त घटनामा शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। शुक्रबार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई…
Read More
चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न निर्देशन

चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न निर्देशन

१२ असाेज, काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । नियन्त्रणमा लिएर कारबाही गर्न समितिले निर्देशन गर्छ, पहल स्वास्थ मन्त्रालयले गर्छ, माइतीघरमा होइन, अस्पतालमा फर्कन आह्वान गर्नुपर्छ, समिति सभापति भानुभक्त जोशीले बताउनुभयाे । वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ । भयरहित र हिंसारहित वातावरणमा काम गर्ने वातावरण बनाउन स्वास्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
Read More
Page 1 of 14
1 2 3 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.