स्वास्थ्य

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

२७ माघ,खोटाङ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो । जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो । जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि…
Read More
रसुवाको पारच्याङमा अस्पताल निर्माण

रसुवाको पारच्याङमा अस्पताल निर्माण

२७ माघ,रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ । नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट रु सात करोड ११ लाखको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताउनुभयो । जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग…
Read More
विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

२६ माघ,विराटनगर । विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश नं १ सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीलाई निर्देशन दिनुभयो । नागरिक स्वस्थ भएमात्रै समाजको चौतर्फी विकास हुने भन्दै प्रमुख कोइरालाले भन्नुभयो, “महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम…
Read More
स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

२५ माघ,देउखुरी । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो । अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनुभयो । मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गर्नुभयो । छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्डले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थामा घुम्ती सेवाका रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य निरीक्षक ललिता पुनले जानकारी दिनुभयो । सियारीमा पाँच…
Read More
पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

२५ माघ,गण्डकी । पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सो प्रयोगशालाको आज उद्घाटन गर्दै वृद्धाश्रमको विकासमा प्रदेश सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रमका ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दालाई स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थापना गरिएको प्रयोगशालालाई सुविधा सम्पन्न बनाउँदै आवश्यक जनशक्ति उपलव्ध गराउने विश्वास व्यक्त गर्नुभयो । वृद्धाश्रममा समाजका गरिब, विपन्न तथा असहाय वर्गका ४८ आमाबुबा तथा आठ सेवकसेवीकासहित ५६ जना आवद्ध रहेको आश्रमका अध्यक्ष कुशुमकेशव…
Read More
दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने

दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने

९ माघ,ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो । गाउँपालिकाभित्रका दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरुको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना रु पाँच हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । अध्यक्ष थापा भन्नुहुन्छ, “गाउँपालिकामा जो नागरिक दीर्घरोगी छन्, पहिचान गरेर उहाँहरुको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीहरुले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, जसलाई…
Read More
उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

४ माघ,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना हुनुभएको थियो । आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
Read More
बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

३ माघ,काठमाडौँ । बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो । रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो । उहाँले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा…
Read More
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

२९ पाैष,तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् ।उहाँका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन् । त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन् । त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन् । त्यस्तै सिकलसेल एनिमियाका एक सय १४…
Read More
गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

२९ पाैष,पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पु¥याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उहाँको भनाइ छ । रु १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ । नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।…
Read More
Page 14 of 14
1 … 12 13 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.