रसुवाको पारच्याङमा अस्पताल निर्माण

Share Icon

२७ माघ,रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ ।
सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ ।

नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट रु सात करोड ११ लाखको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताउनुभयो ।

जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग लाग्दा नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने अवस्था छ । अस्पताल निर्माणपछि स्थानीयलाई सहज हुनेछ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.