रूपा गाउँपालिकास्थित वडा नम्बर ५ मा नि:शुल्क दन्त शिविर सम्पन्न

काठमाडाैं । गण्डकी प्रदेश कास्कीको रूपा गाउँपालिकास्थित वडा नम्बर ५ मा नि:शुल्क दन्त शिविर सम्पन्न भएकाे छ ।
गाउँपालिकाकाे सहाकार्यमा (Nepalese Ultra Poor Marginalized and Biodiversity Organization, Nepal) नेलुम्बाे नेपालले वडाकाे देउराली बजारमा पाँच दिने नि:शुल्क दन्त शिविर सम्पन्न गरेकाे हाे ।
वडा अध्यक्ष राजन खनालले असाेज १४ गेदेखि १८ सम्म पाँच दिन नि:शुल्क दन्त शिविर चलेकाे जानकारी दिनुभयाे ।
उहाँ अनुसार २ सय ९० जनालाई दन्त सम्बन्धी विविध उपचार आज सम्पन्न भएकाे हाे । यस्ता मानविय स्वास्थ्य सेवामा वडा कार्लालयकाे ठूलाे भूमिका रहेकाे छ ।
दन्त शिविरमा मुख र दाँत स्वास्थ्यका विषयमा नि:शुल्क जाँच भएकाे हाे । उहाँले केही महिनाअघि पनि नेलुम्बाे नेपालले यस्तै दन्त शिविरकाे आयाेजना गरेकाे थियाे ।
Facebook Comments Box