Share Icon

काठमाडाैं । समाज डेन्टल हस्पिटलले २२ वर्ष पुरा गरी २३ औँ वर्षमा प्रवेश गरेकाे अवसरमा साेमबार वार्षिक उत्सव मनाएकाे छ ।

समाजका कार्यवाहक अध्यक्ष शंकु घिमिरेकाे अध्यक्षता मनाइएकाे वार्षिक उत्सवकाे उद्घाटन दिप प्रज्वलन गरेर पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गरेका थिए ।

प्रमुख अथितिकाे रूपमा वार्षिक उत्सवमा सहभागी भएका महामन्त्री थापाले दन्त स्वस्थ्य क्षेत्रमा समाज डेन्टल हस्पिटलले उत्कृत काम गरिरहेकाे भन्दै सराहना गरे ।

उनले दन्त स्वस्थ्य क्षेत्रमा अहिलेसम्म कुनै पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेकाे जिकिर गरे । महामन्त्री थापाले समाजमा अहिले पनि दन्त स्वास्थ्यकाे बारेमा अधिकांशलाई जानकारी नभएकाे बताए । उहाँले भन्नुभयाे, ‘जसकारण गाउँ-गाउँमा अहिले दन्त स्वास्थ्य जनचेतना जगाउन आवश्यक छ।’

महामन्त्री थापाले समाज डेन्टल हस्पिटलकाे उत्ताेरउत्तर प्रगतिकाे कामना गर्दै दन्त स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन निजी क्षेत्रकाे खाँचाे रहेकाे बताउनु भयाे ।

त्यस्तै वार्षिक उत्सवमा सहभागी समाजका कार्यवाहक अध्यक्ष घिमिरेले विभिन्न उतार चढाव पार गर्दै हस्पिटल आज २३ वर्षमा प्रवेश गरेकाेमा खुसी व्यक्त गरे । उहाँले सबै वर्गका मानिसहरूकाे पहुँचमा दन्त सेवा पुर्याउन हस्पिटल दत्त चित्त भएकाे लागेकाे बताउनु भयाे ।

समाजले वार्षिक उत्सव मनाउने क्रममा हस्पिटलका विभिन्न शाखामा कार्यरत उत्कृट कर्मचारीहरूलाई सम्मानित समेत गरिएकाे थियाे ।

“दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उद्धेश्यका साथ हस्पिटलले २३ वर्षदेखि दन्त सेवा दिइरहेको कार्यवाहक अध्यक्ष घिमिरेले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon