बारागढी गाउँपालिकाद्वारा सिलिङ्ग फ्यान र इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण

Share Icon

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ्ग फ्यान र इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरेकाे छ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले पालिकाक्षेत्र भित्रका १६ वटा सामुदायिक विद्यालयलाई प्रविधियुक्त शिक्षा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरिएको बताउनु भयो ।

उहाँले कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट भए पनि तत्काल बालबालिकाकाे पठनपाठनलाई प्रभावकारी बनाउन इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘शिक्षालाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीयता कायम राख्न आगामी दिनमा थप शैक्षिक सामाग्री विद्यालयलाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ ।’

सामुदायिक विद्यालयको पठन–पाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकासलाई टेवा पुर्‍याउनु गाउँपालिकाको उद्देश्य रहेकाे शिक्षा शाखा प्रमुख जलमति चाैधरीले बताउनु भयाे ।

उहाँका अनुसार जनता मा.वि. बुद्धगाँइ, जनता आ.वि.पिप्रा, जनता आवि सन्तपुर, ने रा आ.वि.मलाही, नथनी आवि.दौव, ने.रा.मा.वि विश्वनपर्वा, जनजागृती आ वि.नयकाटोला, रामकविर आवि.खोपवा, रामकविर भगवान आ.वि-मुर्की र नेरा आवि सिपुरालाई सिलिङ्ग फ्यान र इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरिएकाे हाे ।

त्यस्तै उहाँले ने.रा.उमेश निलम आ.वि.सुखिपथर, चौधरी जनसामदायिक आ.वि.पोखरिया, नेरामा वि.-सिहासनी, चेरा आ.वि.चरवन्त पथरा, गम्भिरा ब्रजकिशोर मा.वि.गडहल र ने.रा.आ.वि.गडहललाई पनि सिलिङ्ग फ्यान र इलाेक्ट्राेनिक्स राइटिङ्ग ट्याब वितरण गरिएकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.