आठ लाख बराबरको पटका बरामद

Share Icon

विराटनगर । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको पटक सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको छ।

तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो। पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए।

बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो।

त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो।

बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ। बरामद गरिएको पटका प्रयोगमा ल्याउन नसक्ने हिसाबले नष्ट गर्ने गरिएको सशस्त्रले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.