बारागढी गाउँपालिकामा विकासले फड्काे मारिरहेकाे छ : अध्यक्ष जैसवाल

Share Icon

काठमाडाैं । पछिल्लाे समय बारागढी गाउँपालिकामा विकासले फड्काे मारिरहेकाे छ । गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जैसवालले अहिले विकासले गति लिएकाे बताउनु भयाे ।

उहाँले अहिले गाउँपालिकाभित्र कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे । अहिले पालिकाभित्र शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएकाे बताउनु भयाे ।

गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ। गाउँका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

गाउँपालिका अध्यक्ष जैसवालले अहिले सम्म ४० प्रतिशत बजेट सकिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’बाँकी बजेट पनि सही ठाउँमा सदुपयाेग हुनेछ, जनताले हाम्राे हरेक विकास निर्माणका काम साथ दिइरहेका छन् ।

उहाँले सिँचाइका लागि किसानलाई माेटरहरू वितरण गरिएकाे जानकारी दिनु भयाे । उहाँले गाउँपालिका रहेका स्थानीयवासीकाे मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे ।

बारा जिल्लामा बारागढी गाउँपालिका विकास निर्माणकाे काममा एक नम्बरमा रहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे,’चुनवामा गरिएकाे प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएकाे छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक याेजनानमा अनुगमनलाई तीव्रता दिइएकाे बताउनु भयाे । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर याेजना बनाइएकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.