छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा-६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् ।
४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् ।
बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो ।
गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ ।
छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका आरोपितलाई टीकापुरबाट सुर्खेत ल्याइँदै छ ।