धुलिखेल नगरपालिकाका प्रमुख श्रेष्ठसहितकाे टाेलीद्वारा प्रहरी चौकी स्थापना माग
काठमाडाैं । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठसहितकाे टाेलीले नगरपालिकाका विभिन्न भागमा नयाँ प्रहरी चौकी स्थापना गर्न गृहमन्त्रीसमक्ष माग गरेकाे।
उहाँसहितकाे टाेलीले उप-प्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेलाई भेटेर नगरपालिकाकाका तीन क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न अनुराेध पत्र हस्तान्तरण गरेकाे हाे ।

धुलिखेल नगरपालिकाका देबी टार, रबि ओपि र सन्खु बतासेमा प्रहरी चौकी स्थापना गर्न अनुराेध पत्र हस्तान्तरण गरिएकाे धुलिखेल नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनु भयाे ।
साथै उहाँले भेटकाे क्रममा धुलिखेल नगरको विकास कार्यको जानकारी समेत गराउनु भएकाे थियाे ।
Facebook Comments Box







