Share Icon

लमही । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको विवाद साम्य भएको छ । विवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष र कर्मचारीहरुले प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्विकार गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका थिए ।

प्रशासकीय अधिकृतमा डाँगी नै हुनेगरी सोमबार त्रिपक्षिय सम्झौताअनुसार वडाध्यक्ष र कर्मचारीहरुको आन्दोलन फिर्ता भएको हाे । मन्त्रालयले तत्काललाई अर्को प्रशासकीय अधिकृत पठाउन नसकिने बताएपछि बहालमा रहेका डाँगीबाटै काम गराउन सहज वातावरण निर्माण गरिएको लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले बताउनुभयो।

उहाँले अधिकृत बेगर जनताका कामहरु रोकिएको र त्यसलाई निराकरण गर्न डाँगीलाई नै स्विकार गरिएको जानकारी दिनुभयो ।

त्रिपक्षिय छलफल र सहमति भएपछि आफ्ना आन्दोलनहरु फिर्ता भएको लमही नगरका प्रशासनिक प्रमुख महेश थापा ठेडीले बताउनुभयो ।

‘हाकिम साबले आफुमा भएका ज्यादतीहरु अन्त्य गर्दै आत्मियताका साथ काम गर्ने र गराउने छु भनी सम्झौता गर्नुभयो प्रमुख थापाले भने-पालिकालाई समृद्ध बनाउन हाम्रो पनि भूमिका रहन्छ नी ।’

सहमति पश्चात् तत्काल बसेको कार्यपालिका बैठकले अधिकृत डाँगीलाई निरन्तरता दिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै अवैधानिक भन्दै ५ वटा नियुक्तीलाई बदर समेत गरेको छ । बैठकले राजनिती सल्लाहकार, शैक्षिक सल्लाहकार, प्रेस सँयोजक, प्रेस सल्लाहकार र स्वकीय सचिव पदलाई बर्खास्त गरेको वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon