Share Icon

बारा । बारा जिल्लाका १६ पालिका मध्ये १४ वटा पालिकाले मात्र निर्धारित समयमा बजेट ल्याएका छन् ।

जिल्लाको सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले भने हालसम्म बजेट ल्याउन नसकेका हुन । सिम्रौनगढ र आदर्शकोतवालमा दलहरुबीच देखिएको राजनितिक मतभेद र जनप्रतिनिधिहरु बीच आपसी विवादमा बजेट ल्याउन नसकेका हुन । सिम्रौनगढमा जनप्रतिनिधिहरुबीच आपसी विवाद आदर्शकोतवालमा भने कर्मचारीहरुको मनपरी र अटेरले गर्दा बजेट प्रभावित भएको बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट अनुसार बारा जिल्लामा पहिलो पटक बजेट प्रस्तुत गर्नेमा निजगढ नगरपालिका रहेको छ । मन्त्रालयको वेबसाइटमा निजगढले असार ९ गते बजेट सभाबाट पारित गरेको देखिन्छ । त्यस्तै पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, सुवर्णपुर गाउँपालिकाले असार १० गते सभा अयोजना गरेर बजेट पारित गरेको उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । यसरी असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र अर्थात् असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

Facebook Comments Box

Share Icon