बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया

Share Icon

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकाे छ ।

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासाे सुनवाइ सम्बन्धी सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे।

पालिका अध्यक्ष अशाेक कुमार जयसवालले अन्तरक्रियामार्फत पालिका उपाध्यक्ष लक्ष्मी देवी राय, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, वडा सचिवहरु र सम्पुर्ण कर्मचारीहरुलाई गरिब परिवार डाटा अपडेटकाे विषयमा जानकारी गराइएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’सरकारले २/३ वर्षअघि संकलन गरेकाे गरिब परिवारकाे नामावली संशाेधनकाे विषयमा सराेकारवाला पक्षहरूकाे सहभागितामा अन्तरक्रिया गरिएकाे हाे।’

साेही क्रममा उहाँले गरिब परिवार पहिचान परिचयपत्र वितरण सम्बन्धी नेपाल सरकार,भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त प्रारम्भिक सूचीमाथि गुनासो दर्ता सम्बन्धी सूचना जारी गरिउकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.