Share Icon

बारा । बाराको बारागढी गाउँपालिकाले चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी राखेकाे छ ।

गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको हाे ।

चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी रहेकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।


वडा नम्बर १, २ र ३ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रम सकिएपछि गाउँपालिकाले वडा नम्बर ४ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष जयसवालले वडा नम्बर ४ मा अहिले ३ सय २४ घरधुरीलाई चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गरिएकाे जानकारी दिनुभयाे ।

बाँकी रहेका घरधुरीलाई भाेलि एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गर्ने याेजना रहेकाे गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले बताइन् ।

अधिकांश परिवारले गुईठा र दाउराको प्रयोग गरी खाना पकाउदा स्वास्थ्यमा समस्या हुने गरेकाले चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलेश कुमार मिश्र जानकारी दिनुभयाे ।

उहाँले यस्ताे सहयाेगले गाउँपालिकालाई धुवाँरहित बनाउनको लागि ठूलो सहयोग पुग्ने बताउनु भयाे । सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्।

Facebook Comments Box

Share Icon