बारागढी गाउँपालिकामा कृषकलाई कृषि सामाग्री वितरण

Share Icon

काठमाडाैं । बाराकाे बारागणढी गाउँपालिकामा कृषकलाई कृषि सामाग्री वितरण गरिएकाे छ । राेजगार सेवा केन्द्र बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका कृषकहरूलाई कृषि सामाग्री वितरण गरेकाे हाे ।

कृषकलाई स्प्रे टंकी, बिउ र काेदालाे लगायतकाे कृ्षि सामाग्री वितरण गरिएकाे हाे। आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले कृषि सामाग्री वितरण गर्नुभएकाे हाे ।

परम्परागत कृषि खेती गरिरहेका किसानहरुलाई व्यवसायिक कृषि खेतीमा आकर्षित गर्न केन्द्रले गाउँपालिकाका विभिन्न वडामा रहेका कृषकहरूलाई कृषि सामाग्री वितरण गरेको हो।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई कृषि सामाग्री वितरण गरिएकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।

अध्यक्ष जयसवाल भन्छन्, “यहाँका कृषकलाई अघिल्लो वर्ष पनि कृषि सामाग्री वितरण गरिएकाे थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा कृषिमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।”

उहाँले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताउनुभयो । उहाँले तरकारी ब्लग पार्नमा आफू पनि दिन रात खटिएको एवं आगामी दिनमा समेत कृषकको साथमा रहेर विविध समस्या समाधानमा लागि पर्ने बताउनु भयाे। विभिन्न प्रकारका किराले कृषकको बाली नष्ट गर्न थालेकोले यसका लागि कृषकले बाली विमामा पनि ध्यान दिन अध्यक्ष जयसवालले जाेड दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.