Share Icon

उमेश दलामी

२ जेठ,  बाँके । बाँकेको राप्ती सोनारि गाउँपालिकामा साेमबार नागरिक आरोग्य कार्यक्रम सम्पन्न हुनुकाे साथै पालिकास्तरमा नागरिक आरोग्य समूह गठन पनि भएकाे छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वस्थ एवम् सवल बनाई विश्वव्यापी रुपमा फैलिँदै गएको सर्ने तथा नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वस्थ जीवनशैली, योगासन, प्रणयाम, ध्यान, सकारात्मक जीवनशैली,स्थानीय जडिबुटीको परिचय, प्रयोग, रोपण एवम संरक्षण साथै आयुर्वेद स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा लगायतका विषयमा छलफल भएको थियो ।

प्रमुख अतिथि  गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाको आफ्नै आयुर्वेद तथा वैकल्पिक कक्षा रहेको , पलिका बाट ६ वटा एम्बुलेन्स सञ्चालनमा रहेको बताउनु भयाे ।

चिकित्सा शाखा राप्ति सोनारीले आयोजना गरेको कार्यक्रममा वडाका जननिर्वाचित प्रतिनिधीहरु, विभिन्न कर्मचारी का संघसंस्थाका प्रतिनिधीहरु, महिला स्वास्थ्य स्यमसेविकाहरु, आमासमूहका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण राप्ती साेनारी गाउँपालिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमूख बरिष्ठ डा अनिल कुमार चौधरी निरिक्षक, निरीक्षक गिता रेग्मी , वरिष्ठ जनकराम भण्डारी, सिताराम चौधरी, अक्षरि पौडेल, जमुना गिरी लगायतले गरेका थिए ।

Facebook Comments Box

Share Icon