बारागढी गाउँपालिकाका विद्यालयहरूमा खानेपानी र सरसफाई अवस्थाकाे अनुगमन

Share Icon

७ चैत्र, काठमाडाैं । बारागढी गाउँपालिकामा रहेका विद्यालयहरूमा खानेपानी सरसफाई र स्वाच्छताका सुविधा र व्यवहारमा स्तर उन्नतीकाे लागि अनुगमन गरिएकाे छ ।

गाउँपालिकाले साेमबार युनिसेफ नेपाल र छाँया नेपालको संयुक्तमा सहयाेगमा पालिकाभित्र रहेका आठ वटा विधालयहरुमा खानेपानि सरसफई र स्वाच्छताका सुविधा र ब्यवहारमा स्तर उन्नतीकाे लागि अनुगमन गरेकाे हाे ।

श्री राम कबिर विद्यालय, श्री जनता माध्यमिक विद्यालय, श्री जनता आधारभुत विद्यालय पिपरा, श्री जनता आधारभुत विद्यालय बसन्तपुर, श्री नेपाल राष्टिय आधारभुत विद्यालय सिपुरा, श्री जनजागृती आधारभुत विद्यालय नयाँकाटोल, श्री नेपाल राष्ट्रिय आधारभुत मलाहिटोल र श्री नेपाल राष्टिय आधारधुत माध्यमिक विद्यालय सिंघासनीमा अनुगमन गरिएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले जानकारी दिनुभयाे ।

सरकारले सार्वजनिक गरेकाे ‘विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी’ कार्यविधि अनुसार विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्धनलाई स्तरीकृत गर्दै लैजान अनुगमन गरिएकाे पालिकाकाे खानेपानी शाखा प्रमुख उपेन्द्र प्रसाद प्रमुख साहले बताउनु भयाे ।

विद्यालयमा सबै बालबालिकाहरुका लागि अनुकल हुने गरी खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचक एवं मापदण्ड तयार गर्न, तयार गरिएको मापदण्ड कार्यान्वयनका लागि विधि, प्रक्रिया र पद्धतिका विषयमा सहजीकरण गर्न र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सरसफाइमा सुविधा र स्वच्छ वातावरण तयार गर्नका लागि उपलब्ध स्रोत साधनको उपयोगमा विभिन्न निकायको भूमिकमा पहिचान एवं समन्वयका लागि सहजीकरण गर्ने उद्देशयले विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा अनुगमन गरिएकाे गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताउनु भयाे।

उहाँले कार्यविधिको कार्यान्वयनबाट विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धनका लागि सरकारी, गैर सरकारी संस्था, निजी क्षेत्र र नागरिक समाजका बीचमा रहेर लगिने कार्यक्रममा एकरुपता, समन्वय, सहकार्य र साझेदारीको भावना विकसित हुने बताउनु भयो ।

अनुगमनमा गाउँपालिका अध्यक्ष जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय, प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्र, शिक्षा अधिकृत जलमती चौधरी र पालिकाकाे खानेपानी शाखा प्रमुख उपेन्द्र प्रसाद साहकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.