Share Icon

काठमाडाैं । स्थानीय सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गरेकाे छ । बाराकाे बारागढी गाउँपालिकाले गाउँ क्षेत्रका किसानलाई धानको बिउ वितरण गरेको छ ।

देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमासमेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै गाउँपालिकाले बिउ वितरण गरेको हो ।

धान खेतीको समय सुरू भएसँगै गाउँ क्षेत्रका किसानहरूलाई उन्नत धानको धानको बिउ वितरण गरिएकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे।

उहाँले हरेक वर्ष ठूलो परिमाणमा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनुभयाे ।

कृषकलाई ५० प्रतिशत अनुदानमा ६ जातका धानको बीउ वितरण गरिएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले जानकारी दिनुभयाे ।

जसमा हर्दिनाथ-१ धानकाे बिउ १४४२, सावित्री, साभां, सर्जु, बासमति र स्वर्ण सब जातका धानकाे बिउ वितरण गरिएकाे हाे ।

पालिकाका कृषि इकाईका प्रमुख अभिषेकले ६ जातका ६ हजार ४ सय ९५ किलाे धानको बीउ कृषकलाई वितरण गरिएकाे जानकारी दिनुभयाे ।

गाउँपालिकाका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरी सोही आधारमा धानको बीउ वितरण गरेको उहाँको भनाइ छ । पालिकाबाट ५० प्रतिशत अनुदानमा धानको विउ पाएपछि कृषकहरूसमेत हर्षित भएका छन् ।

धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा गाउँपालिकाले अनुदानमा उन्नत जातको धानको विउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।

Facebook Comments Box

Share Icon