Share Icon

काठमाडाैं । सुर्यगढी गाउँपालिकामा महिलाहरूलाई वित्तिय क्षेत्रकाे जानकारी गराइएकाे छ ।

महिला लघुवित्त वित्तिय संस्था शाखा कार्यालय ढिकुरेले एक कार्यक्रमकाे आयोजना गरी महिलाहरूलाई वित्तिय क्षेत्र बारेमा जानकारी गराएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेले आगामी दिनमा वित्तिय संस्थाको केन्द्रीय कार्यालयसँग नै छलफल गरी वित्तिय संस्थाहरुमा हाल देखिएको समस्या समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथी वडा नम्बरका १ का वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले वित्तिय संस्थाको चर्को ब्याजदरको कारण ऋणीहरु डिप्रेसनकाे शिकार भएकाे बताउनु भयाे ।

उहाँले काेइ काेइ त आत्महत्या गर्ने अवस्था सम्ममा पुगेकाेले ब्याजदरमा पुनर्बिचार गर्न अनुराेध गर्नुभयाे । साथै उहाँले ऋणीहरुमाथि भइरहेको ज्यादती रोक्नु पर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरूकाे पनि सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon