योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने: अध्यक्ष पुरी
३१
बैशाख ,काठमाडौं । रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो । पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत पर्दछ । पूर्वमा सुनिल स्मृति गाउँ पालिका,उत्तरमा थवाङ र सुनछहरी गाउँपालिका , पश्चिममा माडि गाउँपालिका र दक्षिणमा रुण्टिगढि गाउँपालिका र त्रिवेणि गाउँपालिका रहेको यो नगरपालिका रोल्पा जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो । यस नगरपालिकामा १० वटा वडा रहेका छन ।
२०७४ सालकाे स्थानिय तहको निर्वाचनमा ५३ मतले पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका राज कुमार पुरीले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल रोल्पा नगरपालिका वडा नम्बर ३ मा पुरी वडा अध्यक्ष हुनुहुन्छ ।
निररन्तर रूपमा समाजिक सेवामा लागी रहनुभएका राज कुमार पुरीकाे नेतृत्वमा रोल्पा नगरपालिकाका वडा नम्बर ३ ले अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष पुरी ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन पुुरी । उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु:ख , सु: ख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।
हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको ढुकढुकी भन्दा पनि फरक पर्दैन युवाहरुलाई खेलकुदका माध्यम बाट होस । यात सचेतना कार्यक्रमका माध्यम बाट होस शसक्त र आत्म निर्भर बनाउन हरदम लागिरहनु नै भएको छ ।
जितेर आएपछि रोल्पा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष पुरीले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।
वडा अध्यक्ष पुरीले भन्नुभयाे, ‘ रोल्पा नगरपालिका वडा नम्बर ३ ले केही फरक गर्दै छ ।’ नमुना वडा बनाउन लागीरहेको छाैं । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ । वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाज सेवामा आबद्ध रहनुभएका पुरीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।’
उहाँले भन्नुभयो, ‘चालु आर्थिक बजेटबाट लगभग सतप्रतिशत काम गरेर सकेका छाैं । शिक्षा, खेलकुद, खानेपानि ,सिचाई तथा समग्र वडाका समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेका छाै । स्थानियले सदैव साथ र सहयोग गरिरहनुभएकाे छ ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष पुरीले उल्लेख गनुभयो ।
उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”
उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष पुरीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा र पुरीले वताउनुभयो।
उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु । मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं।”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । म याे ५ वर्षकाे कार्यकाल पछि पनि निरन्तर रूपमा एकनाश जनताकाे सेवामा लागी रहने छु । नआत्तिन हुन मेरा स्थानियबासीलाई अनुराेध गर्छु । हामी याेजना बनाएर दाेगाे विकास गर्दै अगी बढीरहेका छाै । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।