शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

Share Icon

३१ बैशाख ,काठमाडाैं ।  बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी.क्षेत्रफलमा फैलिएको छ ।

यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। बारागढी गाउँपालिकामा ६ वडा वडामा बिभाजन गरिएको छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २० वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका पानालाल साह तेली वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ।

शिक्षण पेशामा आबद्ध रहनुभएको कारणले गुणस्तरीय शिक्षा वडामा लागु गर्न पहल कदम अगाडी बढाएको वडा अध्यक्ष तेलीले बताउनृुभयो।

वडामा शिक्षक तथा अभिभावक, विद्यार्थिसंग अन्तरक्रृया कार्यक्रम गरिरहेकाे छाैं । साथै समग्र वडाकाे शैक्षीक क्षेत्रमा परिर्वतन गरि  गुणस्तरीय शिक्षाकाे आभास यस वडाका स्थानियलाई दिलाउने वडा अध्यक्ष तोलीले जानकारी दिनुभयो ।

वडामा सबैभन्दा महत्वपुर्ण कुरा चेतनाको स्थर बढाउन आवश्यक रहेको वडा अध्यक्ष तेलीले उल्लेख गर्नुभयो ।

शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर  खेलकुद, खानेपानि ,बाटाे सिचाई तथा समग्र वडाका समस्यालाई समेटेर लागेको  वडा अध्यक्ष तेलीले बताउनुभयो ।

स्थानियले सदैव साथ र सहयोग गरिरहेको बताउनुभयो। उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष तेलीले बताउनुभयो ।

उहाले भन्रुभयो,  ‘आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्ष तेलीले भन्नुभयो,  ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। तेलीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

उहाँले थप्दै भन्रुभयो,  ‘आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ? 

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.