Share Icon

♦सागर परियार

२५ माघ, बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ लाल्छिपुर र शंकरपुरको बिचमा रहेको झरनामा बनेको कल्भर्ट अझै सञ्चालनमा आएकाे छैन ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्तर्गत बिनियोजन भएको उत्त आयोजना अझ सम्म पनि पुर्ण रुपमा सम्पन्न हुन नसकेको स्थानीय रन्जित भुसालले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,’अहिलेसम्म पनि यो कल्भर्टकाे निर्माण सम्पन्न नहुदा बर्खामा धेरै दु:ख पाइन्छ।’ उहाले वर्षातको समयमा पानी धेरै पर्दा आवाज जावतमा त्यसबाट धेरै समस्या हुने गरेकाे बताउनु भयाे ।

उहाँले सुविधा कहिले पाउने भन्दै प्रश्न समेत गर्नुभयाे । राजापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामु थारुले आफूले त्यो सो कल्भट को बारेमा कार्यपालिकामा कुरा राखेको हो, अबको केही दिनमा सो कल्भर्टको यता उता लाग्ने माटो पटानी हुने र जनताले त्यसको सुबिधा लिन पाउने जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon