बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

Share Icon

१३ मंसिर, बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । बस्याल खतरामुक्त छन् ।

सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ ।

भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका छन् । त्यति ठूलो रकम दिने अवस्था नभएको बताएपछि मेसु बस्यालमाथि कुटपिट भएको क्षेत्रीले बताए ।

मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.