साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा
२४ असार,भोजपुर।भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो । स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनका लागि आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कामय गरी वडा नं २ कुलुङमा मेडिकल अधिकृत डा महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । “साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक मेडिकल अधिकृतको स्वास्थ्य सहित आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्योपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि…
