स्वास्थ्य

बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

२१ वैशाख,तनहुँ । बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो । बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षभित्र उमेरसम्मका व्यक्तिलाई बढीमा रु एक लाखसम्म अनुदान दिन…
Read More
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

२१ वैशाख,रेसुङ्गा । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी हुनुहुन्छ । उहाँले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताउनुभयो । साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताउनुभयो । सहज उपचारपछि उहाँ राहात मिलेको अनूभूति भएको बताउनुहुन्छ । उहाँहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आउनुभएको छ ।यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराउनुभएको…
Read More
स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

२१ वैशाख,जलेश्वर । मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ । करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै पहल नभएको नगरवासीको गुनासो छ । आव २०७७-०७८ मा कोरोना नियन्त्रणका लागि पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको र सघन उपचारका उपकरण खरिद गरी ५० श्ययाकोे कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो । कोरोना नियन्त्रणका लागि विगत तीन वर्षअघि विभिन्न शीर्षकमा गरी रु १० करोडभन्दा बढी खर्च गरिए पनि…
Read More
वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

१८ वैशाख,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउनु हुने भएको छ । उहाँले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिनुभएको छैन । उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।” यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उहाँले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताउनुभयो…
Read More
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

१७ वैशाख,सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ५७ र चालु आव २०७९÷८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन् । नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको…
Read More
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

१२ वैशाख,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । उहाँ हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत हुनुहुन्छ । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ । एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल हुनुभए पनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहनुभएको खबर साथमा रहनुभएका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Read More
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

१२ वैशाख,काठमाडौँ । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गर्नुभएको छ । मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उहाँ काठमाडौँमा उपचाररत हुनुहुन्छ । “छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उहाँले भन्नुभयो । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि…
Read More
खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

११ वैशाख,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताउनुभयो । उहाँका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ । सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गर्नुभएको हो । आइतबार ८१ सङ्क्रमित…
Read More
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

८ वैशाख,कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ । दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका…
Read More
बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

८ वैशाख,ढोरपाटन । डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो । डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । शाही भन्नुहुन्छ, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिनुभएको उहाँले बताउनुभयो । “सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख…
Read More
Page 4 of 14
1 2 3 4 5 6 … 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.