स्वास्थ्य

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

७ वैशाख, झापा। झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट…
Read More
ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

५ वैशाख,ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उहाँले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताउनुभयो । शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार…
Read More
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

५ वैशाख,पर्वत । ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गर्नुभएको थियो । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन् । घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिनसकेको छैन ।खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्यचौकीको भवनसमेत जोखिममा परेको छ । अस्पताल भवन निर्माण त परै जाओस् भइरहेको स्वास्थ्यचौकीको भवन जोगाउनका लागि नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो ।…
Read More
काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

२ वैशाख,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु, रेबिज, झाडापखालालगायत रोग नियन्त्रणका लागि धुलिखेलका होटल व्यवसायीसँग छलफल गरी अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनाएको हो । यसका लागि यहाँका होटल क्षेत्रलाई स्वास्थ्य सङ्कटमुक्त बनाउन आवश्यक ठानिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । सो अभियानअन्तर्गत पहिलो चरणमा होटलमा कार्यरत व्यक्तिलाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गराइने छ । “धुलिखेलका होटलले एउटा सुपरभाइजर तोक्नुपर्ने छ । उसले होटलमा आउने पर्यटक तथा पाहुनालाई स्वास्थ्य सङ्कट तथा महामारीबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डसहित उपायका…
Read More
वैशाख ११ देखि खोप सप्ताह

वैशाख ११ देखि खोप सप्ताह

२ वैशाख,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो ।…
Read More
हुम्लाको ताँजकोटमा आँखा शिविर

हुम्लाको ताँजकोटमा आँखा शिविर

३० चैत,सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिनुभयो । सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् । उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन…
Read More
जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

३० चैत,पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए । तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन चिकित्सक र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए । तर हालसम्म उनीहरूले सीप प्रयोगमा…
Read More
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

२९ चैत,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो । “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि…
Read More
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

२९ चैत,चितवन । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गर्नुभएका डा विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्नुभएको छ । निरन्तरको मिहिनेतले उहाँलाई हेल्थ असिस्टेन्टदेखि अस्पतालको अध्यक्षसम्म पु¥याएको हो । यसबीचमा उहाँले गरेका सङ्घर्ष आफँैमा अनुकरणीय छन् । जिल्लाका थोरै एनेस्थेसियोलोजिस्टमध्येका डा न्यौपाने चिनिएको नाम हो । उहाँलाई हालै सरकारले भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ । मङ्गलबार उहाँले पदबहाली गरेर काम सुरु गर्नुभएको छ । एक्काइस वर्ष सोही अस्पतालमा काम गरेर निवृत्त हुनुभएका डा न्यौपानेले अस्पतालका सबै कुराको अनुभूति नजिकबाट गर्नुभएको छ…
Read More
रसुवाको कालिकामा स्वास्थ्य शिविर

रसुवाको कालिकामा स्वास्थ्य शिविर

२९ चैत,रसुवा । रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् । तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक…
Read More
Page 5 of 14
1 … 3 4 5 6 7 … 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.