तीन लाख पशुमा पूर्णखोप लगाइँदै
२६ चैत,दमौली । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भन्नुभयो, “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।” उहाँका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन…
