स्वास्थ्य

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

२३ चैत,बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन्…
Read More
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

२२ चैत्र,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्कनुभएको छ । उहाँ पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उल्लेख छ । राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिनुभएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
Read More
रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने

रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने

१९ चैत,रसुवा । रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताउनुभयो । सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उहाँको भनाइ छ । शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ । प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक…
Read More
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

१९ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना हुनुभएको हो ।
Read More
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

१९ चैत,सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गर्नुभयो । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई…
Read More
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

१६ चैत,काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ…
Read More
अस्पताल अनुगमन

अस्पताल अनुगमन

१५ चैत,वागमती । हेटाँैडामा निजीक्षेत्रबाट सञ्चाललनमा रहेका तीन अस्पताललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही सुरु गरेको छ । हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटाँैडा सिटी अस्पताल तथा सञ्चो अस्पताल हेटाँैडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनस्वास्थ्य ऐन तथा नियमावली विपरीत काम गरेको र तोकिएको मापदण्डको पालना नगरेको अनुगमनमा पाइएपछि सो कारबाही थालिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा तोकिएको मापदण्ड अनुसार नदेखिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकरी शर्मा तथा प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा बेग्लाबेग्लै खटिएको…
Read More
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन

१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन

१५ चैत,मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको हो । त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधि फिर्ता गर्नुपर्ने,…
Read More
भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

१५ चैत,चितवन । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताउनुभयो । “यसले अस्पतालको गुणस्तर बढाउनुका साथै भरतपुरलाई मेडिकल सिटी बनाउनसमेत सहयोग गर्ने छ । यहाँबाट विद्यार्थीले अध्ययन गर्न पनि पाउने छन्”, उहाँले भन्नुभयो । गतवर्ष अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताउनुभएको थियो । मन्त्रीपरिषद्को उक्त निर्णयसँगै बिरामीले २४ सैँ घण्टा गुणस्तरीय…
Read More
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

१५ चैत,गलकोट । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो । गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उहाँले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्कनुभयो…
Read More
Page 8 of 14
1 … 6 7 8 9 10 … 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.