स्वास्थ्य

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

१४ चैत,तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।” स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार…
Read More
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

१४ चैत,कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताउनुभयो । “अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न…
Read More
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

१४ चैत,गलेश्वर । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन् । दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा…
Read More
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

१३ चैत,तनहुँ । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो । यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ । सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिनुभयो । विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो । उहाँले भन्नुभयो “विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।”विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत…
Read More
पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

१३ चैत,पर्वत । पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो । विभिन्न समस्यामा परेका किशोर–किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो । पछिल्लो समय किशोर–किशोरीमा मानसिक समस्या, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्याको समस्या बढ्दै जाँदा समाजमा विभिन्न घटना घट्दै गएका छन् । स्वास्थ्य संस्था र विद्यालयको बीच आवश्यक समन्वय र सहकार्य नहुँदा पनि किशोर–किशोरीमा यस्ता समस्या बढ्दै गएको स्वस्थ्य…
Read More
मोफसलका ‘आँखा बा’

मोफसलका ‘आँखा बा’

१२ चैत,चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ । आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उहाँको परिचय हो । भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उहाँलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद…
Read More
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

१० चैत,राँझा । नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो । दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा–वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको छ । वडास्तरदेखि नै छुट बच्चाको खोजी र…
Read More
पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल

पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल

८ चैत,दमौली । पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको छ । आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष…
Read More
सेवा विस्तार गर्दै रामपुर अस्पताल

सेवा विस्तार गर्दै रामपुर अस्पताल

७ चैत,रामपुर (पाल्पा) । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसुति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका–१ का देउबहादुर ढेंगा बताउनुहुन्छ । “रामपुर अस्पतालमा शल्यक्रियामार्फत सेवा दिन थालेपछि हामीजस्ता विपन्न नागरिकलाई धेरै राहत मिलेको छ, अन्यत्र अस्पतालमा…
Read More
पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

२ चैत,दैलेख । दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो । आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विशेषज्ञ डाक्टर मुक्ती तिमिल्सेनाले बताउनुभयो । शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना…
Read More
Page 9 of 14
1 … 7 8 9 10 11 … 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.