नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

Share Icon

१० चैत,राँझा । नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो ।

दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा–वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको छ ।

वडास्तरदेखि नै छुट बच्चाको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

“पूर्णखोप कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ”, उहाँले भन्नुभयो, “वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।”

वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधिलगायतको उपस्थितिमा सबैजसो वडामा ‘खोज र खोप’ अभियानबारे छलफल र अन्तक्र्रिया भइसकेको बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.