स्वास्थ्य

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

२३ फागुन,जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भन्नुभयो, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र सनिगाउँ स्वास्थ्यचौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जना एकैदिन शिविरबाट लाभान्वित भएका छन् ।” सो स्वास्थ्य शिविरबाट चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ…
Read More
सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

२३ फागुन,राँझा । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्र्टन अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्नुपर्ने बाध्यता थियो । आइसीयू सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई…
Read More
एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

२३ फागुन,मनाङ । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो । विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल नौ सय ९५ ले…
Read More
निःशुल्क योग शिविर

निःशुल्क योग शिविर

१८ फागुन,काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ ।नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । पतञ्जलि योग समिति नेपालको सहयोगमा सुरु भएको निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयवासीको पनि सहभागिता छ । योग शिविरको शुभारम्भ गर्नुहुँदै गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । नगर क्षेत्रमा हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । नगर उपप्रमुख सान्नानी लामाले विद्यालय तहदेखि नै…
Read More
बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

१८ फागुन,बनियानी । झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।” नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो…
Read More
ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

१८ फागुन,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा र फक्ताङलुङको सहजीकरणमा यही फागुन ८ गतेदेखि सुरु भएको शिविर जारी छ । पहिलो दिन घुन्सा स्वास्थ्यचौकीमा ८१ जनाको आँखा जाँच भएकामा दुई जनाको मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविरको दोस्रो दिन ओलाङचुङगोला स्वास्थ्यचौकीमा ७० जनाको आँखा जाँच भएकामा…
Read More
युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

१६ फागुन,बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी…
Read More
नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

१६ फागुन,चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।”उहाँका…
Read More
सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै

सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै

१६ फागुन,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल– ५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकासका योजना अगाडि बढाएको छ । ‘सेफहाउस‘ सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरपालिकाले…
Read More
स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

१५ फागुन,रामपुर (पाल्पा) । आधारभुत स्वास्थ्य सेवा गाउँघरकै स्वास्थ्य संस्थामै हुने भए पनि छाती र पेट दुख्ने समस्याले ६० वर्षीय हुमकला कामी राम्रो उपचारको अभावमा ग्रस्त हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँले निजी अस्पतालमा गएर उपचार गराउन सक्नुभएको थिएन । हाल रामपुरमा मुटु तथा मृगौलाका बिरामीलाई लक्ष्य गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले उहाँलाई पनि यसबाट राहत मिलेको छ । शिविरमा आफ्ना रोगको उपचार गराउन पाउँदा हुमकला खुशी देखिनुहुन्छ । “छाती, पेटसम्बन्धी समस्याले बेला–बेलामा दुःख दिएको थियो, गाउँका स्वास्थ्य संस्थामा उपचार गरायो पटक्कै निको नहुने” हुमकला भन्नुहुन्छ, “बाहिरका अस्पतालमा गएर उपचार गर्न सक्ने क्षमता छैन, हामीजस्ता रोगसँग लडेर बाँचेका…
Read More
Page 11 of 14
1 … 9 10 11 12 13 14
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.