ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

Share Icon

५ वैशाख,ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो ।

उहाँले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताउनुभयो । शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार गरिएको अध्यक्ष घर्ती मगरको भनाइ छ ।

“यसपटक वडा कार्यालयको अगुवाइमा विदेशी डाक्टरसहितको टोलीले सेवा प्रदान भएको छ”, उहाँले भन्नुभयो । शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरमशिखा भट्टराईलगायत, अमेरिका र बेलायतबाट आएका डाक्टरको टोलीले सेवा दिएको थियो ।

शिविरमा स्थानीय चन्द्रसिंह गुमाइँले पनि दाँतको उपचार गराउनुभयो । “दाँत किराले खाएर समस्या भएको थियो, हालसम्म घरेलु उपचार गराउँदै आएको थिए”, उहाँले भन्नुभयो, “हिजो ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा खुसी छु ।”

गुमाइँ जस्तै स्थानीय प्रियासी पुन मगरलेपपनि शिविरबाट सेवा लिनुभयो । लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रसित उहाँले शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गर्नुभयो ।

“यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो, हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ, यस्तो सेवा बेला–बेलामा ल्याउन सके, यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन”, पुन मगरले भन्नुभयो, “यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.