Share Icon

१२ असाेज, काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार दिउँसो छेन्दु पुग्नु भएको छ ।

छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तीय सरकारका उपसचिव जनरल जियासिआयोेपेङ लगायतका अधिकारीहरुले विमानस्थलमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्नु भएको थियो । छेन्दुमा रहँदा प्रधानमन्त्री दाहालले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि शुक्रबार साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल ७ हप्ता लामो चीन भ्रमण सकेर शनिबार छेन्दुबाट नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका जानु भएका प्रधानमन्त्री दाहाल उतैबाट असोज ६ गते चीन भ्रमणमा जानु भएको थियो ।

 

Facebook Comments Box

Share Icon