Share Icon

१२ असाेज,काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रम शुक्रबार पनि जारी रहेकाे छ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेर १ लाख ८ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।

बिहिबार पनि एकै पटक १४ सयले घटेर १ लाख ९ हजार ६ सयमा कारोबार भएको थियो । बुधबार पनि ८ सयले नै घटेर १ लाख ११ हजारमा आइपुगेको थियो । मंगलबार पनि ४ सयले ओरालो लागेर १ लाख ११ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार भने १ लाख १२ हजार २ सयमा स्थिर रहेको थियो ।

यसरी, ४ दिन यता मात्र सुनको भाउ तोलामा ३४ सयले कमी आइसकेको छ । यसैगरी चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंस १८ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

डलर बलियो हुँदै गएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही ओरालो लागेको विश्लेषण गरिएको छ ।

Facebook Comments Box

Share Icon