मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै

Share Icon

२० मङ्सिर , बागमती ।  ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव मेला हुने भएको छ ।

ओमशक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलमा सो महोत्सव तयारीबारे जानकारी गराइएको छ ।

यही मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म भीमफेदी वडा नं १ को खोप्लाङमा महोत्सव मेला आयोजना हुने बताइएको छ ।

सो महोत्सवमा स्थनीय व्यापार व्यवसाय, हस्तकला, उत्पादित सामग्रीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन हुने विश्वासले सो महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रालिका अध्यक्ष अजित राईले उक्त महोत्सवमा दुई सय व्यापारिक कक्ष रहने बताउँदै महोत्सवमा राष्ट्रिय कलाकार धीरज राई, बद्री पङ्गेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहानलगायत कलाकारको कला प्रस्तुति हुने जानकरी दिनुभयो ।

मेलामा वाल उद्यम, विभिन्न खेलकुद, खाना, लत्ताकपडा, स्थानीय उत्पादन, कृषि प्रदर्शनीलगायतका व्यापारिक कक्ष रहने अध्यक्ष राईले बताउनुभयो ।

सो अवसरमा भीमफेदी गाउँपालिका–१ का अध्यक्ष सोमबहादुर स्याङ्तानले ग्रामीण क्षेत्रको समग्र विकासमा यस मेला महोत्सवबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.