अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

Share Icon

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको उक्त सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।

उक्त समझदारीअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ।

राष्ट्र बैंकको भनाइमा सम्झौतासँगै नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुनेछ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.