अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको उक्त सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
उक्त समझदारीअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ।
राष्ट्र बैंकको भनाइमा सम्झौतासँगै नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुनेछ।
Taking forward discussions on #India– #Nepal cross border payments between Hon’ble PM @narendramodi
& Rt Hon’ble PM @cmprachanda in June 2023,@RBI & @NepalRastraBank exchange Terms of Reference for interlinking of ????????-???????? Fast Payment Systems.@MEAIndia https://t.co/8Q7WNXJQ3i— IndiaInNepal (@IndiaInNepal) February 15, 2024