यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए

Share Icon

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।

यसबाहेक युएई विरुद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् ।

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.