‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

Share Icon

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो ।

बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं.१ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’

बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ ।

यस्ता छन् निर्णय :

१. प्रदेश नं. १ को नामाकरणलाई लिएर भईरहेको पहिचानवादीहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जर्वरजस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउनेगरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने । प्रदेश १ को नामाकरण “कोकिली” बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल गर्ने चलाउने।

२. २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप(निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेद्वारी दिने ।

३. पार्टीको केन्द्रीय महासमिति सदस्य विस्तारिकण समानुपातिक समावेशी वनाउने ।

४. भूमि (जग्गा)मा देखिएको समस्या समाधानका लागि र सहकारीका पिडितहरुलाई राहत दिने तथा कानुन विपरित कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन विज्ञहरुको टोली गठन गरि तत्काल पहल गर्ने ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.