इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन, निजी स्वार्थ भएकाहरु पछि लागेका छन् : अर्थमन्त्री

Share Icon

२३ जेठ, काठमाडाैं ।   अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको बताएका छन् ।

प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, “इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।”उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको बताए ।

“विचौलियालाई छेउमा पनि आउन दिएको छैन,” उनले भने, “विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.