Share Icon

 २३ जेठ, काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक आउँदो जेठ २६ गते बस्ने भएको छ ।

बैठक बिहान ११ः३० बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुने जानकारी दिएका छन् । यसअघि जेठ २५ गतेगर्ने गरी तय गरिएको सभा जेठ २६ लाई सारिएको हो ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

Facebook Comments Box

Share Icon