Share Icon

५ फागुन,काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुग्नुभएको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुग्नुभएको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । शङ्कराचार्यलाई कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।

शङ्कराचाय निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बस्नुभएको छ । उहाँका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शङ्कराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्नुहुने कार्यक्रम छ । दर्शनपछि उहाँले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । आजै साँझ उहाँले धर्मशालामा हुने अन्तक्र्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिनुहुने कोषले जनाएको छ ।

शङ्कराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ । पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।

Facebook Comments Box

Share Icon