विकट क्षेत्र सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा पनि भव्य रूपमा मनाइयाे बाल दिवस

काठमाडाैँ । भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस। बाल दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएकाे छ।
साेही क्रममा नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा न. १ को वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिली केयर नेपालको सहयोगमा लच्याङ वडा स्तरीय बाल संजालको आयोजना सुर्यगढी-१ सोलामानेमा र्याली तथा विविध सास्कृतिक कार्यक्रम गरी ५९ औ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाइएको छ ।
बाल दिवस कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले विकट क्षेत्रकाे रूपमा चिनिएकाे वडा नम्बर १ मा बाल दिवस मनाइरहँदा राष्ट्रिय रूपमै बाल अधिकारप्रति वडा कार्यालय सचेत रहेकाे सन्देश प्रभाव भएकाे बताउनु भयाे ।

उहाले बाल दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्दै बाल शाेषण नगर्न तथा बाल बिवाह नगराउन अभिभावकहरूलाई आग्रह समेत गर्नुभयाे । वडा अध्यक्ष तामाङले बालबालिकाहरूले अभिभावकहरूलाई बाल अधिकार बारे जानकारी दिने गरेकाे सुनाए ।
क्लबका अध्यक्ष सुरज तामाङको सभापतित्वमा भएको कार्यक्रममा अतिथिहरु वडा सदस्य धनमाया सुनार, वडा सचिव दिनेश श्रेष्ठ लच्याङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रामेश्वर खनाल र ग्लोबल फेमिली केयर नेपालका सहजकर्ता इश्वरी सेन्चुरी लगाएका हुनुहुन्थ्यो ।
कार्यक्रममा अतिथि वडा सचिब दिनेश श्रेष्ठ र अतिथि सहकारी अध्यक्ष रमेश्वोर खनाले ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी करिब ३५० जना सहभागीहरुले हातमा प्ले कार्द बोकी बालधिकार सम्बन्धी नाराहरु लगाई बजार परिक्रमा गरि सोलामाने पार्कमा भेला भएको थियो र श्री मंगलादेबि मा बि . र श्री दुधेदेबी मा.बि.का बिद्यार्थीहरुले विविध सस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।
गायन,नृत्य , चित्रकला बादबिबाद लगाएतको प्रतियोगितामा भाग लिई प्रथम दितिय र तृतीय स्थान हासिल गर्नुभएको सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तामाङले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बाल कल्ब सञ्जालको सचिव सुनिता मोक्तानले गरेकी थिइन ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।
Related posts:
