नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, : अध्यक्ष पाण्डे
♠हस्ता विष्ट
१९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष महेश कुमार पाण्डे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा महेश कुमार पाण्डे ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डे बताउनुभयोे ।
वडा अध्यक्ष पाण्डले भन्नुभयो, ” वडामा रहेको बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु अगाडि बढाईरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा जोड दिदै वडामा स्वास्थ्य चौकीको टेन्डर बनाएर भवन निमार्णको काम भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा होस्टेलको व्यवस्था गरेको र गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई कपि कलम र युनिफमको व्यवस्था गरेको वडा अध्यक्ष पाण्डेको भनाई छ ।
त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा पुराउने कामहरु सम्पन्न गरेको उहाँले बताउनुभयो । कृषिको क्षेत्रमा गरिब तथा विपन्न वर्गका मानिसहरुलाई बाख्रा,बंगुरहरु वितरण गरेको उहाँले प्रष्ट पार्नुभयो ।
वडा अध्यक्ष पाण्डेले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै गरिबी निवारणका लागि लघु उद्यम विकास सात दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







